काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमध्ये अहिले संवैधानिक इजलासमा नेकपा नेता देव प्रसाद गुरुङले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । बहसका पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनीबीच केहीबेर यही विषयमा गलफती चल्यो ।
बहसका लागि श्रेष्ठ आउनेबित्तिकै चोलेन्द्रले १५ मिनेटमा बहस सक्न आग्रह गरे । तर श्रेष्ठले प्रतिवाद गर्दै आफूलाई १५ मिनेटले नपुग्ने बताए ।
त्यसपछि राणाले सोधे तपाईँलाई कति समय चाहिन्छ ?
जवाफमा श्रेष्ठले आफूलाई ‘५ घण्टा समय चहिने’ बताए । राणाले ५ घण्टा समय दिनै नसक्ने भन्दै असहमति जनाए । तर, श्रेष्ठले प्रतिवाद गर्दै भने, ‘मेरो पुरानो कुरा होइन । सबै नयाँ कुरा राख्छु । मलाई ५ घण्टा समय नै चाहिन्छ ।’राणाले प्रतिवाद गर्दै फेरि भने, ‘तपाई विद्वानहरु ३ घण्टा, ३ वर्षसम्म पनि बहस गर्नुहुन्छ होला । यसरी मुद्दाको फैसला कसरी गर्न सकिन्छ ? समयको ख्याल गरिदिनुस् ।’तर श्रेष्ठले अड्डी कसेपछि राणाले केही लचक बनेर भने, ‘त्यसो भए एक घण्टामा टुंग्याउनुस् ।’ श्रेष्ठले एक घण्टा होइन बहस गर्दै जान्छु ५ घण्टा पनि लाग्न सक्छ भन्दै अहिले बहस गरिरहेका छन् ।
इजलासमा अधिवक्ताहरुले लामो बहस गरेपनि समयमा कडाइ गरिँदै आएको छ । तर, वरिष्ठ अधिवक्ताहरुले लामो समय लिँदा मुद्दाको सुनुवाइ प्रक्रिया ढिलो भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई तोकियो पेसी
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै
निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा आएन अन्तरिम आदेश