काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने बताउँदै उनले यसबाट नै विद्यमान विसंगतिको अन्त्य हुने र राष्ट्रले दु्रततर रुपमा विकास निर्माणका कार्यहरु गर्ने धारणा व्यक्त गरेका छन् । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेको सभापति देउवाले बताएका छन् ।
विसं १९९७ देखि २०६२-६३ को जनआन्दोलन हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरुले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरुमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ माघ २०७७, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ