टोटेनहमलाई पराजित गर्दै लिभरपुलले निकाल्यो सहज जित

एजेन्सी

शुक्रबार, १६ माघ २०७७, १० : १४
टोटेनहमलाई पराजित गर्दै लिभरपुलले निकाल्यो सहज जित

file photo

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमलाई ३–१ ले पराजित गर्दै सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा साविक विजेता लिभरपुलले  जित निकालेको हो । 

टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एकरएक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ४७औँ मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४९औँ मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २–१ को स्थितिमा ल्याए । ६५औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस