चितवन । चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै रोकेका माडीका पुल वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि काम सञ्चालन गर्न अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण गर्न सहमति दिइएको बताए । साथै ठेकेदार कम्पनीले त्यहाँ प्रयोग गरिएका नदीजन्य पदार्थको राजश्व तिर्ने प्रतिबद्धतासमेत जनाएको छ । बरालले भने, ‘नदीजन्य पदार्थको राजस्व नतिरेमा पुल निर्माणको भुक्तानीमा नै कट्टा गरिनेछ ।’
चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजनाको संयुक्त बैठकले अपुग कागजपत्र पु¥याउँदै जाने शर्तमा निर्माण कार्य अगाडि बढाउने अनुमति दिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न निर्देशन दिएको थियो । निकुञ्जको निर्देशनपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका थिए ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीका सानाठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीन वटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ भने बाँकी आठ पुलको प्रतिवेदन बुझाइएको थिएन । तीमध्ये एउटा पुलको वातावरण प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा छ भने अन्यको थाल्ने सहमति भएको हो ।
माडीमा पुल निर्माण गर्दै गरेका ठेकेदार कम्पनीले त्यहीको नदीजन्य पदार्थ प्रयोग गर्दै आएका छन् । निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले मध्यवर्ती क्षेत्रमा काम गर्नुपर्दा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । माडी नगरपालिकाले नगरवासीलाई विभिन्न काममा निकुञ्जले अवरोध गर्ने गरेको भन्दै विरोध जनाउँदै आएको छ । निकुञ्ज स्थापना बेलाको ऐन संशोधन हुन नसक्दा कतिपय काममा अनावश्यक अवरोध हुने गरेको भन्दै नगरपालिकाले विरोध जनाउँदै आएको छ । जसका कारण निकुञ्ज र माडीवासीका बीचमा समयसमयमा द्वन्द्व हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ माघ २०७७, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
चितवनमा लागुऔषधसहित सात युवक पक्राउ
चितवन पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा
चितवनमा रक्तदाता बढाउन रक्तदान महोत्सव आयोजना
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग