फेसबुकले बेलायतमा शुरु गर्यो नयाँ फिचर ‘फेसबुक न्यूज’

एजेन्सी

बुधबार, १४ माघ २०७७, १२ : ०८
फेसबुकले बेलायतमा शुरु गर्यो नयाँ फिचर ‘फेसबुक न्यूज’

एजेन्सी । श्रंखलाबद्ध रुपमा नयाँ फिचरहरु ल्याउदैं  गरेको सामाजिक सञ्जाल फेसबुकले नयाँ फिचर फेसबुक न्युज बेलायतमा लञ्च गरेको छ। यस अघि फेसबुकले संयुक्त राज्य अमेरिकापछि यो फिचर सुरू गरिसकेको छ ।

एन्ड्रोइड र आइएसओमा उपलब्ध फेसबुक न्युजमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गरी सयौं मिडिया हाउसका समाचार पढ्न सकिन्छ । फेसबुकबाट समाचार थाहा पाउनेहरूका लागि यो केन्द्रीत छ।  सन् २०१९ मा फेसबुकले यस्तो सेवा अमेरिकाका केही भागमा परीक्षण गरेको थियो। जुन २०२० मा अमेरिकाभरि नै फेसबुक न्युजको सेवा सुरू गरिएको थियो ।

फेसबुक न्युजमा आएका समाचार प्रयोग गरेबापत् उसले मिडिया कम्पनीहरूलाई पैसा तिर्नेछ। गत वर्ष अमेरिकामा सुरू भएको फेसबुक न्युजका कारण आम्दानी र पाठकरदर्शक बढेको अमेरिकी मिडिया हाउसको अनुभव छ।   
 

प्रतिक्रिया दिनुहोस