लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १२ : ३९
लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं प्रहरीले २ जनालाई  पक्राउ गरेको  छ । पक्राउ पर्नेमा दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा 

काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका १ घर भई  नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिल बहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक 

साँगा चोकगढी घर भई हाल कोटेश्वर बस्ने ३४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेको छन् ।    

काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले 

पक्राउ गरेको हो । उनीहरुबाट करिब सवा ३ तोलाको  सुनको सिक्री,  २ तोलाको सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको सुनको 

ब्रासलेट र उक्त दोहोरी साँझको बा ३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ । यस विषयमा  थप अनुसन्धान भईरहेको
प्रहरीले जानकारी दिएको छ ।  

प्रतिक्रिया दिनुहोस