आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, ०९ : ४१
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  मंगलबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ ।

अहिले देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

मंगलबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमापाको संभावना । बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो । यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस