काठमाडौँ । प्रहरीले लाठीचार्ज गर्दै उनीहरुलाई लखेट्न थाल्यो । प्रहरीको बल प्रयोगपछि उनीहरुले नारा लगाए, ‘प्रहरी मेरो साथी हो, नेकपा प्रहरी मुर्दावाद ।’
प्रतिगमनविरूद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि सोमबार बालुवाटारमा प्रहरीले लाठीचार्ज गरेपछि यस्तो नारा लागेको हो । कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको जुलुसका सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेका थिए ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोध गर्दै बालुवाटार घेराउ गर्न पुगेका नागरिक अगुवाको समूहमाथि प्रहरीले ब्यापक बल प्रयोग गरेको छ ।
कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो । उनीहरूले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ ।
संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको कर्तव्य रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनबिरुद्ध नागरिक अगुवाहरु केही सातादेखि निरन्तर आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द