नेप्से परिसूचक  बढ्दा सेन्सेटिभ इन्डेक्स घट्यो

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, १५ : ४६
नेप्से परिसूचक  बढ्दा सेन्सेटिभ इन्डेक्स घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.०४ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढेपनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ ।

नेप्से परिसूचक १६।०४ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ४ सय ४० दशमलव ८७ अंकमा पुगेको छ । यो हाल सम्मकै उच्च हो । कारोबार रकम भने ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँ माथि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस