चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक दल गण कसराद्वारा निर्माण गरीएको विपत् व्यावस्थापन बहुउद्धेश्यीय भवन महानगरपालीकालाई हस्तान्तरण गर्दै दाहालले सो कुरा बताएकी हुन् ।
भरतपुर महानगरपालीका वडा न २२ को गर्बेटाँडीमा निर्माण गरिएको यस बहुउद्धेश्यीय भवनमा बाढीपहिरो पिडितहरूको प्राथमिक उद्धारका साथै विविध आर्थिक सामाजिक विकासका लागी उपयोग गरिने दाहालले बताइन् ।
‘जंगली जनावरको प्रभाव र राप्ती नदीमा डुबानको बढी जोखिम छ’,उनले भनिन्–‘ त्यसको न्यूनिकरणमा भरतपुर महानगरपालिकाले योजनावद्ध ढंगले काम अगाडि बढाएको छ ।’ प्रमुख दाहालले समुदायको हितका लागी बहुउद्धेश्यीय हल निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेकोप्रति मध्य पृतनाका पृतनापती ताराध्वज पाण्डेलाइ धन्यवाद व्यक्त गरे ।
सो अवसरमा पृतनापति ताराध्वज पाण्डेले नागरिक सहकार्यमा सैनिकले विगतदेखी उल्लेख्य काम गर्दै आएको बताउदै नेपाली सेनाले राष्ट्रिय सुरक्षा ,प्राकृतिक संरक्षण, विपत् व्यावस्थापन राहत र उद्दारका साथै विकास निर्माणमा उल्लेख्य भूमिका खेलिरहेको जानकारी दिए । उनले बहुउद्धेश्यीय भवन समुदायको हितमा उपयोग हुने विश्वास समेत व्यक्त गरे ।
भरतपुर महानगरपालिका वडा न २२ का वडाध्यक्ष बिष्णुराज महत्तोले नेपाली सेनाको बटुक दल गणले निर्माण गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको यो बहुआयामिक हल विपत् ब्यावस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा उपयोग गर्ने बताए ।
कार्यक्रममा बटुकदल गणका गणपती अरूण श्रेष्ठले बहुउद्धेश्यीय हल निर्माण र यसको उपयोगिता बारे जानकारी दिदै नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधी बृद्धिमा लागिरहेको बताए । नागरिक सैनिक सहकार्य र सम्बन्धलाइ सुमधुर बनाउन यस्तै थप कामहरू अगाडि बढाइरहेको बताउदै उनले स्थानिय सरकारका प्रतिनिधीहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रूपैयाँको लागतमा बहुउद्येश्यीय हल निर्माण गरिएको बताए । हल निर्माण भएसंगै बाढीपिडित ,दैविक प्रकोप तथा सामाजिक कार्यहरुलाई व्यवस्थित ढंगले संचालन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित
गलेश्वर मन्दिरलाई अब पित्तलले छाइने
दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह
कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
अब गाउँ र सहर छुट्याइने