म्यानचेस्टर युनाइटेडद्धारा ३–२ ले स्तब्ध बने लिभरपुल

एजेन्सी

सोमबार, १२ माघ २०७७, ०९ : ४२
म्यानचेस्टर युनाइटेडद्धारा ३–२ ले स्तब्ध बने लिभरपुल

एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ ले स्तब्ध पार्दै अर्को चरणमा प्रवेश गरेको हो । 

लिभरपुलका लागि मोहम्मद सालहले १८ र ५८ औँ मिनेटमा गोल गरे । मासन ग्रीनवुडले म्यानचेस्टर युनाइटेडका लागि २६ औँ मिनेटमा बराबरी गोल गरे । ४८ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् । ७८ औँ मिनेटमा ब्रुनो फेर्नान्डेसले गरेको गोलले युनाइटेडलाई जित दिलायो र अघिल्लो चरणको यात्रा तय भयो ।

आइतबार राति नै भएका खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ तथा चेल्सीले लुटनलाई पनि ३–१ ले नै पराजित गरे । अरु खेलमा बर्नलीले फुलह्याम तथा एभर्टनले शेफिल्ड वेइनस्डेलाई समान ३–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस