आजको मौसम : आंशिक बदली देखि हिमपात सम्मको सम्भावना

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, ०९ : २०
आजको मौसम : आंशिक बदली देखि हिमपात सम्मको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारदेशका अधिकांश पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । 

हाल देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा रहेको छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसममा केही प्रभाव पर्ने देखिएको हो । यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस