सुर्खेत । पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट तत्काल हटाउने बताएका छन् ।
शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको भन्दै साधारण सदस्यमा समेत नरहने गरी पार्टीबाट निकालिने बताएका हुन् । ‘हामी आधिकारिक हौँ, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, तत्काल हामी केपी अोलीलाई साधारण सदस्य समेत नरहने गरेर हटाउँछौँ ।’
ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको आरोप लगाउँदै नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्ने काम ओलीबाट भएको छ ।’ नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमै निहीत रहेको दाबी गरेका छन् । उनले सूर्य चिन्ह आफ्नो भएको पनि दावी गरेका छन् ।
उनले भने,‘ जति सूर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन । पार्टीको विधान हेर्नेुहोस्, जसरी भएपनि सूर्य चिन्ह हाम्रो हुन्छ । रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाबाट समानुपातिकमा को बन्लान् सांसद ?
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
प्रत्यक्षमा ७ सिट जितेको नेकपाले समानुपातिकमा कटायो ६ लाख मत
सल्यानमा नेकपाका मल्लको सुरुवाती अग्रता
नेकपाको नेता कार्यकर्तालाई यस्तो छ ४० बुँदे निर्देशन (परिपत्रसहित)
नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक