अठार अर्ब राजस्व सङ्कलन

रासस

शुक्रबार, ०९ माघ २०७७, ११ : २९
अठार अर्ब राजस्व  सङ्कलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा रु पाच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ । गएको वर्षमा सो अवधिमा रु २६ अर्ब पाँच लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा रु नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आवमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजश्वभन्दा रु दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले बताए । उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल रु दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको बताए ।

प्रतिक्रिया दिनुहोस