पछिल्लो चौबीस घण्टामा कोरोनाबाट चार जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १७ : १३
पछिल्लो चौबीस घण्टामा कोरोनाबाट चार जनाको मृत्यु

काठमाडौँ । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको छ । यो संख्यासहित अब नेपालमा एक हजार नौ सय ७९ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका पाँच हजार ३० मध्ये तीन सय ३६ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा संक्रमितको संख्या दुई लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा २२६ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस