एजेन्सी । भारतको गुजराजतमा एक भयानक दुर्घटना भएको खबर छ । सुरतस्थित कोसान्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार मृतकहरु मजदुर हुन् भने फुटपाथमा सुतिरहेका बेला ट्रक एकाएक उनीहरुमाथि दौडिन पुगेको थियो । गएराति भएको सो दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भयो भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा अन्य ७ जना घाइते भएको बताइएको छ । प्रहरीले चालक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ माघ २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु