चितवन । पोथी बासेको सुहाउँदैन भन्ने नेपाली समाजको गलत कथन सुन्दै हुर्केका नेपाली महिलाहरुका लागि घर परिवारको दायित्व सम्हालेर सफल उद्यमी बन्न निकै चुनौतिको बिषय छ । काम गर्ने ईक्छाशक्ति र जाँगर भयो भने ब्यवसायमा पुरुषभन्दा महिला बढी सफल भएका उदाहरण छन् । घरयासी कामको बोझ र पारिवारिक दायित्व बढी भएका कारण पनि नेपालमा महिलाहरु नै नेतृत्वमा रहेर उद्योग ब्यवसाय गर्नेको संख्या निकै थोरै छ ।
जति महिलाले पारिवारिक झमेलालाई सहज रुपमा समाधान गर्दै आफूलाई उदाहरणीय बनाउने उद्देश्यका साथ कडा मेहनत गरेर उद्यम गरेका छन् उनीहरु साँच्चै सफल र उदाहरणीय बनेका छन् । घर परिवार ईस्टमित्र छरछिमेकी समाजको सबैको मनोभावनालाई आत्मसात गर्दै ब्यवसायमा लागेर अगाडि बढेर सफल उद्यमी बन्न महिलाका लागि फलामकै चिउरा चपाउनु सरह हुन्छ । जति महिलाले सबै चुनौतिको सामना गरेर निरन्तर अगाडि बढे उनीहरु सबै हिसाबले सफल बनेका छन् ।
गैँडाकोट ४ झपर्दी शिबालय टोलकी ईन्दु घिमिरे पनि यस्तै एउटा साहसी र प्रेरणादायी महिला हुन् । लामो समय इजरायल बसेर जीवन के हो, कसरी श्रम गर्नु पर्छ र सफलता कसरी हात लाग्छ भन्ने कुराको भित्री रहस्य आत्मादेखि अनुभूति गरेकी घिमिरेले आफ्नै घरमा ३ हजार कुखुरा अट्ने खोर निर्माण गरेर लोकल जातका कुखुरा पालेकी छिन् ।
ईन्दु लोकल पोल्टी फार्मको नामबाट फर्म दर्ता गरेर उनले लोकल जातका घाँटीखुईले, रातो, कालो, कडकनाथ र स्याखिनी जातका कुखुरा पाल्दै आएकी छिन् । १५ वर्ष ईजरायल बसेर ७३ सालमा स्वदेश फर्किएर सुरुको वर्ष ५०० कुखुराबाट कारोबार सुरु गरेको र अहिले बार्षिक ४० लाखको कारोबार हुने गरेको उनले बताइन् ।
आफूले आफ्नो बुद्धि र बिबेकबाट श्रम गरेर पैसा कमाएर घर चलाउँदा निकै खुसी र गौरव लाग्ने गरेको उनको भनाई छ । अहिले उनको खोरमा ७०० माउ र करिव ३०० जति भाले गरी १ हजार कुखुरा छन् । पोथीहरुले फुल पारेका छन् भने त्यो फुललाई ह्याचलिङ गरी चल्ला समेत निकालेर बिक्री गर्ने गरेको र कुखुराको अण्डा पनि बिक्री गर्ने गरेको उनको भनाई छ ।
उनको फार्ममा कुखुराको चल्ला तथा अण्डा लिन गोरखा, लमजुङ, तनहुँ, चितवन, मकवानपुर लगायत धेरै जिल्लाबाट मानिसहरु पुग्ने गरेका छन् । भालेलाई ६ सय रुपैया किलो र पोथी ५ सय रुपैया किलोमा बिक्री गर्ने गरेको उनले बताइन् । घरमा छोराछोरी र परिवारलाई खाना पकाउने खुवाउने समाजमा बिभिन्न कार्य हुँदा उपस्थित हुने सरसहयोग गर्नेदेखि खोरमा रहेका १ हजार कुखुरालाई दाना पानी औषधी उपचार स्याहार सुसार सबै काम गर्न उनलाई अहिले भ्याईनभ्याई छ । घिमिरे राष्ट्रिय धावक समेत हुन् । उनी बिदेशका बिभिन्न दौड प्रतियोगितामा सहभागिता जानाउँदै मेडल जित्न सफल भएकी छन् ।
घिमिरे खेल जीवनको दौड छाडेर अहिले सफल उद्यमी बन्ने ब्यावसायिक जीवनको दौडमा हुइँकिएकी छन् । पोल्टी फार्मसंगै उनले गैँडाकोट ५ काँग्रेस चोकमा ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो पनि सञ्चालन गरेकी छन् । अहिले त्यहाँ पनि समय ब्यवस्थापन गर्न उनलाई भ्याईनभ्याई छ । माघ १ गतेदेखि सञ्चालनमा आएको योगा स्टुडियोमा दैनिक ५ वटा कक्षा सञ्चालन हुने गरेको छ भने दैनिक १०० भन्दा बढी योग कक्षामा सहभागी हुने गरेका छन् । बच्चादेखि बृद्धबृद्धा र युवाहरु योग कक्षामा सहभागी भएका छन् ।
आफू खेलाडी भएको र ध्यान र योगले नै मानिसलाई स्वस्थ राख्ने भएकाले गैँडाकोटबासीलाई तन, मन र शारीरिक रुपमै स्वस्थ बनाउन आफूले योगा स्टुडियो सञ्चालन गरेको घिमिरे बताउँछिन् । योग स्टुडियोमा बरिष्ठ प्रशिक्षक डा अमन दिप शिंह र डा.मुकुल भारद्वाजले योग सिकाउँछन् ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
सोमबार, ०५ माघ २०७७, १७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ
हेटौँडाको खानेपानी वितरणमा चमत्कारिक परिवर्तन
प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
नागरिक समाज द्दारा काठमाडौं महानगरपालिका अगाडि धर्ना
चैनपुरमा खानेपानीको हाहाकार
आईएई नेपालको अध्यक्षमा सुशिल तण्डुकार