काठमाडौँ । ब्राजिलमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ५० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । योसँगै ब्राजिलभरि अहिलेसम्म दुई लाख नौ हजार २९६ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
उक्त समयमा देशभर ६१ हजार ५६७ नयाँ व्यक्तिमा कोभिड सङ्क्रमण भएको पुष्टि गरिएको छ । अहिलेसम्म ब्राजिलमा कूल सङ्क्रमित भएकाको सङ्ख्या ८४ लाख ५५ हजार ५९ व्यक्ति कोभिड–१९ सङ्क्रमित बनेका छन् ।
एमेजनको राजधानी मानौसस्थित अस्पतालहरूमा विरामीको भार बढ्दै गएपछि विहीबारबाट मेडिकल प्रणालीमा नै चुनौती थपिएको छ । उक्त सहरमा अक्सिजनको अभाव भएको बताइएको छ । अस्पतालमा अक्सिजनको अभाव भई विरामीहरूको सेवामा समस्या भएको भन्दै उनीहरूका परिवारका सदस्य तथा आफन्तहरू सडकमा निस्केर अक्सिजन अभावलाई हल गर्न माग गरिरहेका छन् ।
रक्षा मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सी–१३० हेर्कुल्समार्फत् १३ ट्याङ्कर अक्सिजन मानौसमा पठाएको जनाएको छ । स्थानीय अस्पतालमा शैया नभएपछि उक्त सहरका विरामीलाई अन्यत्र लाने व्यवस्था भइरहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०४ माघ २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु