प्रदेश १ का मुख्यमन्त्री राईले गर्ने भए विवाह...

पत्रपत्रिकाबाट

शनिबार, ०३ माघ २०७७, ०८ : २१
प्रदेश १ का मुख्यमन्त्री राईले गर्ने भए विवाह...

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो ।  सञ्चारमाध्यमले पनि उनीसँग लिने गरेका अन्तर्वार्तामा यो प्रश्न प्राय छुट्दैन थियो । अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । 

उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।  संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो ।  यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस