काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
उनले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा रहको उल्लेख गरेका छन् । माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’का रूपमा मनाउने हाम्रो प्रचलन छ ।
उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक
रास्वपा मकवानपुरका सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग, कांग्रेस फर्किए
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
काँग्रेसको काठमाडौँ चुनावी सभा फागुन १७ गते तय, गगन र विश्वप्रकाशसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै