पार्टीको आधिकारिता र चुनाव चिन्ह सूर्य हामीले नपाए आँधीहुरी आउँछ : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, १५ : २१
पार्टीको आधिकारिता र चुनाव चिन्ह सूर्य हामीले नपाए आँधीहुरी आउँछ : अध्यक्ष प्रचण्ड

फाइल तस्विर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफूहरुकै हुने बताए ।

प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘निर्वाचन आयोगले संविधान पार्टी विधान अनुसार हुन्छ । पार्टीको आधिकारिता र चुनाव चिन्ह सूर्य हाम्रो हुने छ । त्यसो भएन भने यहाँ आँधीहुरी आउँछ । यहाँ कोही चुप लागेर बस्ने छैन । जोक्कर जस्तो केपी ओलीसँग कोही हुने छैन ।’

केपी ओलीको भाषण सुनेर लाज लाग्ने अवस्था आएको उनको भनाइ छ । उनले भने, ‘हामीलाई भगौडा भनेको सुनेँ । कान थुन्न र आँखा चिम्लिने कुरा भएन । हेर्दा लाज लाग्ने कुरा गर्दै छन् । यो त जोकरले गर्ने कुरा हो ।’

अध्यक्ष प्रचण्डले पार्टीमा कसले के के काम राम्रा काम गर्ने दिएन भनेर भन्नु चुनौती दिए । उनले भने, ‘उहाँले पार्टीका केही नेताहरुले सहयोग नगरेकाले संसद विघटन गरेको भन्नुभयो । पार्टीका यी नेताले राम्रो काम गर्न दिएन भनेर भन्नु चुनौती दिन चाहन्छु । यो झुटो कुरा हो । यो जोकरले गर्ने कुरा हो ।’

उनले पार्टीमा अहिले एकै अध्यक्ष भएको बताए । उनले भने, ‘हामी अहिले एकै अध्यक्ष छौँ । मिल्नेको कुरा अर्को हुन्छ । अहिले माधवजीले  बैठकको अध्यक्षता गर्नुभएकाले कार्यक्रममा प्रमुख अतिथि हुनुहन्छ ।’

प्रतिक्रिया दिनुहोस