इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कब्जा गर्यो शीर्ष स्थान

एजेन्सी

बुधबार, २९ पुस २०७७, ०८ : ४०
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कब्जा गर्यो शीर्ष स्थान

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरेर टिमलाई जित दिलाएका हुन् । सो गोलका लागि मार्कस राशफोर्डले सहयोग गरेका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

प्रतिक्रिया दिनुहोस