अब सवारी चालक लाइसेन्स लिन सजिलो

पत्रपत्रिकाबाट

बुधबार, २९ पुस २०७७, ०८ : १२
अब सवारी चालक लाइसेन्स लिन सजिलो

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायलमा फेल हुन्छन् । जसले गर्दा विचौलियाको धन्दा फस्टाएको समेत देखिन्छ ।  यस्तै विकृति र अनेकन असहजता रोक्न यातायात व्यवस्था विभागले लाइसेन्स लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

विभागका महानिर्देशक गोगनबहादुर हमालले लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको जानकारी दिए । हाल ट्रायलमा विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कतै एउटामा छुस्स छुुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बररिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुने समस्या हुनेछैन । 

‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्ब्र आयो भने उ पास हुनेछ’, हमालले भने । अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दावी छ ।

प्रतिक्रिया दिनुहोस