कास्की । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा कोरोना भाइरसका कारण उथलपुथल बनेको पर्यटन, उद्योग क्षेत्र उकास्ने र रोजगारी गुमाएकालाई पुनःस्थापित गर्ने भनेर १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । गत असार १ मा आएको बजेट अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सांसदले प्रदेश सभामा प्रश्न उठाएका छन् ।
आफैं प्रस्तावक रहने गरी दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सोमबार जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले भनिन्, ‘सरकारले समृद्ध प्रदेश बनाउने सपना देखायो । बेरोजगारीलाई रोजगारी दिने, कोरोनाबाट प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने भन्यो । तर कार्यान्वयनमा जोड दिन सकेन ।’
जनताका अपेक्षा धेरै रहे पनि सरकारले जनताको भावना सम्बोधन नगरेको उनको आरोप छ । गुमेको रोजगारी पुनःस्थापना हुने गरी स्वरोजगारका कार्यक्रम ल्याउन उनले सरकारलाई अनुरोध गरिन् ।
यसैगरी समाजवादीकै हरिशरण आचार्यले सरकारले गण्डकीमा रहेका उद्योग, कलकारखाना मात्रै सञ्चालन गर्ने हो भने पनि कैयौं जनताको रोजीरोटी नखोसिने बताए । ‘सरकारले छुट्याएको १ अर्ब खै ? त्यही रकमबाट पनि व्यवस्थापन गर्न सकिन्छ,’ उनले प्रश्न गरे । रोजगारीको ग्यारेन्टीमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
अब पनि रोजगारी नपाउने र भोकमरी लाग्ने हो भने जनता सरकारविरुद्ध सडकमा आउनुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।सरकारले बिनाधितो ऋण उपलब्ध गराउने आश्वासन बाँडे पनि कोरोना प्रभावितले त्यो सुविधा नपाएको कांग्रेसका प्रकाशचन्द्र दवाडीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २९ पुस २०७७, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचपास नभएको ५० हजार बोरा मल अलपत्र
शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी
रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प
नेकपाका दुबै समूह आन्तरिक छलफलमा
प्रतिनिधिसभा विघटनको विरुद्धको नागरिक आन्दोलनमाथि निर्मम दमन
गढिमाई मन्दिरमा टिकटक प्रतिबन्ध