चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेकपाको केन्द्रीय राजनीतिमा भएको प्रभावले विकासमा कुनै बाधा नपर्ने बताएकी छन् । उनले भनिन्, ‘केन्द्रीय राजनीतिमा अहिले विवाद छ, त्यसले यहाँको विकासमा कुनै समस्या आउँदैन ।’
सातौँ नगरसभाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले भनिन्, ‘केन्द्रिय राजनीतिको प्रभाव भरतपुरमा पर्न नदिन सिंगो महानगर प्रतिवद्ध छ, विकासमा कुनै समस्या हुनेछैन ।’
विकास र समृद्धिका लागि केन्द्रको राजनीतिले स्थानीय तहमा समस्या ल्याउन हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउँदै प्रमुख दाहालले भनिन्, ‘ विकास र समृद्धिको लागि राजनीतिका आएको उतारचढापले प्रभाव पर्नुहुँदैन भन्ने मान्यता राखेका छौँ ।’ जनताले विकास र समृद्धिको लागि मत दिएका हुनाले यसमा आफू प्रतिबद्ध भएर अघि बढेको प्रमुख दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान