ओलीले निरंकुशता लाद्नलाई संसद विघटन गरे : यादव

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, १६ : ४०
ओलीले निरंकुशता लाद्नलाई संसद विघटन गरे : यादव

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्नलाई संसद विघटन गरेको आरोप लगाएका छन् । जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसद विघटन चुनाव गराउनको लागि नभएको बताए । 

सभामा उनले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन। यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो।’ 

उनले ओली सरकार काम चलाउ भइसकेको बताए । काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थपेकोमा आक्रोश व्यक्त गर्दै यादवले भने, ‘यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउँछ भन्दा कसैले पत्याउँदैन ।’ 

प्रतिक्रिया दिनुहोस