काठमाडौं । विश्व हिन्दू युवा संघले गाँजालाई बैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विश्व हिन्दू युवा संघले गाँजा जडिबुटी भएकाले वैधानिक रुपमा खुल्ला गर्नुपर्ने माग राखेको हो ।
कार्यक्रममा विश्व हिन्दू युवा संघले नेपालका सम्पूर्ण जातजातीका मौलिक धर्म रितिरिवाज, संस्कृति, भेषभुषा, लिपी लगायतको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिएको थियो । नेपालमा रहेको बहुमूल्य जडिबुटी रुख विरुवा र व्यवसायिक खेती गरेर विश्व बजारमा पु¥याउनुपर्ने संघले माग राखेको छ ।
कार्यक्रममा विश्व हिन्दू युवा संघका संयोजक ऋषि केश जंग शाहले विभिन्न षड्यन्त्रद्वारा नेपालको बहुमुल्य बनस्पती गाँजामाथि लगाईएको प्रतिबन्धलाई हटाउन आगामी पौष २७ गते राष्ट्रिय दिवसको अवसरमा मैलिक पोशाक र गाजाबाजासहित माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने बताए । उनले भने,‘देशभर गाँजाको महत्व र यसबाट हुने विभिन्न उत्पादनका बारेमा जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिने छ ।’
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य गेली शेर्पा, रमेश कुँवर र बाल क्लबका अध्यक्ष मनोज थापाले संयुक्त रुपमा नेपालमा गाँजामाथि लगाइएको प्रतिबन्ध हटाउन र बैधानिकता दिनुपर्नेमा जोड दिएका थिए ।
संघका केन्द्रीय सदस्य शेर्पाले भने,‘ नेपाललाई गााँजामाथिको प्रतिबन्ध हटाउनु पर्छ । नेपालका आधा भन्दा बढी जनसंख्या गाँजालाई बैधानिकता दिँदा समृद्व हुनेछ ।’ अगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा माइतीघर मण्डलामा भव्य प्रदर्शन गर्ने समेत उनीहरुको भनाई थियो ।
विश्व हिन्दू युवा संघको मंसिर १७, १८ र १९ गते बसेको केन्द्रिय समितिले गरेका निर्णयहरु यस प्रकार छन् :
१) धार्मिक तथा शैक्षिकः
कालापानी लिपुलेखमा सम्पूर्ण ज्ञानको श्रोत वेद र त्यसलाई लिपिवद्व गर्ने वेद व्यास धान निर्माणको लागी पहल कदमी लिने । विश्वको सबै धर्मकको निसानीसहित सम्पूर्ण धार्मिक एकताको प्रतिकका रुपमा स्थानलाई विकास गर्ने
तराईमा मिथिला सभ्यताको संरक्षणको लागि राजाजनक मिथिला सभ्यता विश्व विद्यालय स्थापनाको पहल गरिने ।
गोरक्षनाथ मन्दिर मृगस्थलीकमा ६४ कला युक्त गुरुकुल स्थापना गर्ने ।
नेपालमा रहेको सम्पूर्ण ऐतिहासिक, धर्म, मठमन्दिर, मस्जीट, गुम्बाहरुको संरक्षण सम्र्वधनको पहल गर्ने
देशभर रहेका गुठीहरु बचाउन र जुन उद्देश्यका लागी गुठीहरु स्थापना गरेका थिए त्यही प्रयोजनका लागी गुठीको आम्दनीलाई परिचालन गर्ने वातावरण बनाउने ।
२) आर्थिक निती सम्बन्धमा:
देशको सबै क्षेत्र, विदेश र विश्व मानवलाई परिवारको रुपमा स्थाति गर्नेगरि आवश्यक विधान निर्माण गरिने ।
देशभित्र र बाहिर समेत संगठन निर्माणका लागी संगठनका सबै तहका साथीहरुलाई आवश्यक अनुसार समन्वय गरि निर्णय गर्नका लागि संगठनका अध्यक्ष ऋषिकेश जंग शाहलाई जिम्मा दिने ।
मात्रृ संस्था विश्व हिन्दू महासंघ स्थापनाका परिकल्पनाकार योगी नरहरिनाथको सोथ अनुसार संगठनलाई विश्वव्यापी विस्तार गर्ने ।
३) राजनितीः
‘वसुदैव कुटुम्वकम’ भाव अनुरुप देशको शासन संचालन गर्दै विश्व शासन व्यवस्था संचालनको वकालत गर्ने र ‘सबै भवन्तु सुखिन सर्वै सन्तु निरामय’ को भाव विश्वभरि प्रचार गर्दै शिव गोरक्षको महत्व संसारलाई बुझाउँदै, नेपाललाई विश्व गुरु राष्ट्रको रुपमा परिचित गराउने ।
नेपालको पहिचान ‘अतिथि देवो भव’ लाई सम्पूर्ण नेपाली माँझ बसझाई विश्वभरि फैलाउने र यसको भाव बुझाउने
विश्व मानव जगतलाई एकै परिवारको रुपमा स्थापित गराई योगको महत्व बुझाउने ।
देशमा जातिय, क्षेत्रीय र धार्मिक सदभावको वातावरण विकास गरि राष्ट्रिय एकता कायम गर्दै नेपाललाई बैदिक सनातन हिन्दू राष्ट्रको रुपमा पुनः स्थापना गर्ने विषयलाई प्राथमिकता दिने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ पुस २०७७, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद