काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् ।
असंवैधानिक कदम विरुद्धको विरोधकालागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा भइरहेको बताए । झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार भएको बताए । संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए ।
असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरिकाले हुन नसक्ने बताए । दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै प्रश्न समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ पुस २०७७, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह