जान्नुुस्, कस्ता कुराले तपाईकी पत्नीलाई चोट पुु¥याउँछ !

एजेन्सी

शनिबार, २५ पुस २०७७, १२ : ३३
जान्नुुस्, कस्ता कुराले तपाईकी पत्नीलाई चोट पुु¥याउँछ !

काठमाडौं । । यदी, कोही एकलाई सम्बन्धमा समस्या हो भने त्यसलाई लामो समय टिकाउन मुस्किल हुन्छ । वैवाहिक जीवनमा पति–पत्नीबीच सामान्य झगडा स्वभाविक हो । यद्यपी, कहिलेकाँही सानै कुराले पनि ठूलो रुपम लिनसक्छ । कहिलेकाँही पूरुषहरुले आवेशमा आएर जथाभावी बोल्दा महिलाको मन लामो समयसम्म दुख्ने गर्छ । त्यसैले जान्नुुस्, कस्ता कुराले तपाईकी पत्नीलाई चोट पुु¥याउँछ । 

– चाहे तपाईकी पत्नी कार्यालयमा काम गरुन् वा घर सम्हालुन् । उनीहरुलाई पतिले प्राय ‘तिमीले धेरै बुुझ्दैनौं’ भनेर चुप लगाउन खोजिन्छ । यो कुरा उनीहरुलाई मन पर्दैन किनकी उनले हरेक सुुझाव तपाईको समस्याको हल खोज्ने मनसायले दिएकी हुन्छिन् । 

– हाँसो ठट्टाका क्रममा होस् या रिसमा पूरुषहरुले धेरैपटक आफ्नी पत्नीको माइतीबारे टिप्पणी गर्छन् । यद्यपी, तपाईको पत्नीका लागि उनको माइतीबारे कुनै पनि नराम्रो कुरा सुन्नुु असह्य हुन्छ । यसबारे कुनै प्रतिक्रिया नदेखाएपनि उनीहरुको मनमा यस्तो कुरा गडिरहेको हुन्छ । 

– महिलालाई उनीहरुको कामबारे प्रश्न गरेको पनि निकै नराम्रो लाग्छ । जब पतिले ‘तिमी दिनभरी के गर्छौ..’ भन्नेजस्ता प्रश्न गर्छन् तब उनीहरुको मन दुख्छ । एक घरलाई घर जसरी व्यवस्थापन गरेर राख्नुु सहज काम होइन । लकडाउनको समय घरमा बस्दा तपाईलाई यो कुरा महसुस पनि भयो हाला । घरको सरसफाई, खान बनाउने, कपडा धुने आदी त्यस्ता साना–ठूला कामहरु हुन्छन्, जो दिनभर चलिरहेको हुन्छ । यस्तोमा पत्नीको कार्यक्षमतामा प्रश्न उठाउँदा उनीहरुको मनमा ठेस पुुग्न सक्छ । 

– एक युवती आफ्नो घर–परिवार छाडेर एक नयाँ परिवारको हिस्सा बन्छिन् र त्यसलाई सजाउँछिन् । यदी, उनलाई ‘सधैं मनोमानी गर्छेस् ..’ भनियो भने उनी स्तब्ध हुन्छिन् । उनले आफ्नो पूरा समय तपाई र तपाईको परिवारका सदस्यलाई दिएकी हुन्छिन् । यसबीच कतिपटक उनी आफ्नो ख्याल राख्न पनि भुल्छिन् । त्यसैले यो कुरा याद राख्नुुस् र अन्जानमा कहिले पनि यस्ता कुरा गरेर पत्नीको मन नदुखाउनुस् ।

प्रतिक्रिया दिनुहोस