प्रधानमन्त्री ओलीको आडमा पुनः कोरोना खोप ल्याउने नाममा करोडौं चलखेलको तानाबाना

खोप ल्याउने भन्दै पुगेका केही व्यापारीसँग ५ करोड माग

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, ०९ : ४०
प्रधानमन्त्री ओलीको आडमा पुनः कोरोना खोप ल्याउने नाममा करोडौं चलखेलको तानाबाना

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओली असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेरे मात्रै बसेनन् । उनले नियमित प्रधानमन्त्रीले जसरी धमाधम मन्त्रिपरिषद् पनि विस्तार गरे । केही नभएको जसरी राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ पनि खुवाइन् । 

केहीले केही महिने मन्त्री बन्ने लालसा राजनीतिक सिद्धान्त, आफूले मान्दै आएको विचार र सामान्य राजनैतिक नैतिकतालाई समेत पोलेर खाए । नयाँ जोगीले बढी खरानी घस्छ भने जस्तै उनीहरुले आफूलाई सधै साथ सहयोग गरेर , नेता बन्न , राजनीतिक रुपमा स्थापित हुन सहयोग गरेका आफना अभिभावक समानका नेताहरुमाथि गाली गर्दै हिडेका छन् । टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहहरुले त्यही हर्कत गरिरहेका छन् । 

स्वास्थ्य मन्त्रालयमा बसेर अकूत कमाएका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । उनले स्वास्थ्यमा हुँदा ‘तर’ मारेको कहाँ भुलेका छन् र ? मानिसहरु भन्छन् पैसा देख्दा महादेवको त तेस्रो नेत्र खुल्छ, भानुभक्त त मानिस न परे । खोप ल्याउने प्रयोजनाका लागि उनले केही व्यापारीसँग कुरा गरेका थिए । उनले खोप ल्याउन दिने र त्यसका लागि पाँच करोड घुस दिनुपर्ने बताएका थिए ।

राजनीतिमा सामान्य नैतिकता, इमान नभएपछि जे गरेपनि हुँदो रहेछ भन्ने तथ्य स्थापित गर्न खोजिएको छ । यो नेपाली राजनीतिको सबैभन्दा बिडम्बनापूर्ण अवस्था हो । राजनीतिक विश्लेषकहरु भन्छन् ,सामान्य राजनीतिक नैतिकता र इमान्दारिता नै नभएपछि क्षणिक फाइदाका लागि जे जसो गरेपनि हुँदो रहेछ भन्ने स्थापित गर्न खोजिएको छ । उक्त हर्कतका लागि खड्ग ओली नै जिम्मेवार छन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सिताराम कट्टेल तथा माग्ने बुढालाई समेत ओेलीले पछि पारेका छन् । काम गर्नुनपर्ने , गफै लगाएर बसे पनि हुने अवस्था भएपछि हाँस्यंग्य क्षेत्रको जिम्मा समेत ओलीले लिएका छन् । 

पछिल्लो पटक कोरोना प्रभावित नागरिकलाई खोप उपलब्ध गराउने, त्यसले प्रभावमा पारेको अर्थतन्त्रलाई सुधार गर्ने तर्फ लाग्नुपर्नेमा, जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा खड्ग ओलीले हुँदाखाँदाको संसद विघटन गरे । जनतालाई अलपत्र पारे । देशी विदेशी शक्तिको खेलमैदान बनाए । किनकी ओलीको खतरनाक, तानाशाही कदमको पछाडि भारतीय खुफिया एजेन्सी रअको प्रमुख हात रहेको तथ्य कोही कसैबाट छिपेको छैन । किनकी पार्टी भित्र अल्पमतमा रहेका, कुनै पनि क्षेत्रमा विश्वास आर्जन गर्न नसकेका ओलीको उक्त बहुलट्ठीपूर्ण निर्णयको पछाडि नेपालको समृद्धि, विकास र स्थिरता नचाहने प्रवृत्ति नै मु्ख्य जिम्मेवार रहेको तथ्य कोही कसैबाट छिपेको छैन । किनकी उखान टुक्का सुनाएको भरमा राजनीति हुँदैन । नेपाली जनताले त्यसलाई पत्याउनेवाला पनि छैनन् । 

पछिल्लो पटक ओलीले असंवैधानिक कदम चालेपछि केही मन्त्रालयमा कारिन्दा थपे । कारिन्दा यस अर्थमा कि, ओलीको मन्त्रिपरिषदमा मन्त्री भनिएका व्यक्तिहरुको हैसियत सचिवको भन्दा पनि तलको रहेको छ । उनीहरुले केही काम गर्न पाउँदैनन् । किनकी, मन्त्रीले कसलाई भेटेको भन्नेसम्मको जानकारी सचिवले प्रधानमन्त्रीलाई दिने गरेको पाइन्छ । तथ्यहरु भन्छन्, ओली सरकारका मन्त्रीहरु केवल पद पाउने, अधिकार नपाउने खालका छन् ।

यसै क्रममा स्वास्थ्य मन्त्रालयमा बसेर अकूत कमाएका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । उनले स्वास्थ्यमा हुँदा ‘तर’ मारेको कहाँ भुलेका छन् र ? मानिसहरु भन्छन् पैसा देख्दा महादेवको त तेस्रो नेत्र खुल्छ, भानुभक्त त मानिस न परे । खोप ल्याउने प्रयोजनाका लागि उनले केही व्यापारीसँग कुरा गरेका थिए । उनले खोप ल्याउन दिने र त्यसका लागि पाँच करोड घुस दिनुपर्ने बताएका थिए । नेपालका अर्बपति विनोद चौधरीले समेत भारतको सिरम कम्पनीबाट खोप ल्याउने तयारी गरेको भन्दै अनुमति माग्न स्वास्थ्य मन्त्रालय गएका थिए । उनलाई समेत भानुभक्तले प्रधानमन्त्रीको नाम लिँदै पाँच करोड बराबरको सहयोग गर्न भनेका थिए । 

युवराज शर्मा, जो ओम्नीलाई फसाउन लागेका थिए । उनैले समेत खोप ल्याउने तयारी गरेका छन् । ओलीको नाम लिँदै उनी स्वास्थ्य मन्त्रालय पुगेका थिए । उनलाई समेत भानुभक्तले पाँच करोड दिनुपर्ने बताएका थिए । यस्तै, ललितपुरमा एक ल्याब सञ्चालन गर्ने समूहसँग पनि भानुभक्तले पाँच करोड नै मागेका थिए । लाजिम्पाटमा ल्याब चलाउने अर्का व्यापारीसँग पनि उनले सोही परिमाणमा पैसा मागेका थिए । पैसा दिए, अनुमति दिने भन्दै भानुभक्तले सेटिङ गरेका थिए । ओम्नीलाई फसाउनेहरु पनि उनीहरु नै थिए । किनकी जसरी पैसा आउँछ, जे भन्दा पैसा झर्छ, जसो गर्दा कमाउन पाइन्छ भन्ने नै उनीहरुको ध्याउन्न थियो । 

पैसा झार्नका लागि हुने नहुने सबै काम गरिएको थियो । स्वास्थ्य सामग्री खरिदमा गरिएको लुटपाटमा भानुभक्तहरु मात्र थिएनन्, इश्वर पोखरेल पनि थिए । बालुवाटारमा बसेर षडयन्त्र भन्दा अरु नगर्ने ओली पनि त्यसका प्रमुख थिए । खेम कार्कीले त भानुभक्तको सल्लाहकार नै भएपनि ओम्नीलाई फसाइएको बताउन थालेका छन् । मन्त्रीहरु इतिसम्म लाज पचाएर घुस माग्छन् भन्ने आफूले पहिलो पटक देखेको भन्दै उनले लाज पचेकाहरुसँग केही नलाग्ने बताउन थालेका छन् । 

पछिल्लो पटक स्वास्थ्य मन्त्रालयमा ह्दयेश त्रिपाठी मन्त्री भएर गएका छन् । तर काम काज भने भानुभक्तले पर्यटन मन्त्रालयबाट चलाउन थालेका छन् । कारण उनले खोपको नाममा आउने कमिसनलाई ध्यानमा राखेका छन् । व्यापारीसँग गरेको कुराकानी तथा छलफलका आधारमा उनले जसरी भएपनि चुनावको नाममा खर्च उठाउने तयारी गरेका छन । आफूले शुरु गरेको काम किन अरुलाई खान दिने भन्दै उनले खोप ल्याउन चासो राखेकालाई प्रधानमन्त्रीलाई भनेर मिलाइदिने भन्दै पर्यटन मन्त्रालयमा बोलाउने गरेका छन् । जसरी पनि मिल्छ नी, प्रधानमन्त्रीलाई भनेर मिलाइन्छ नी, मन्त्री अर्को भएर के फरक पर्छ त ? उनले त्रिपाठी भएपनि केही फरक नपर्ने बताउदैं आएको श्रोतको दाबी छ । भानुभक्तसँग बुधबार भेट गरेका एक व्यापारीका अनुसार पैसा दिए काम भइहाल्छ भन्दै उनले चिन्ता नगर्न भनेका छन् ।

जसरी भएपनि प्रक्रिया पु¥याएर खोप ल्याउने वातावरण बनाइन्छ, केवल तपाईहरु पैसा तयार पार्नुहोला ? एसएमएस आउँछ, काम पनि हुन्छ । तर पैसा भने तोके अनुसार नै दिनुपर्छ । यो प्रधानमन्त्रीको पनि चासोको विषय हो, भानुभक्तले भनेको कुरा उदृत गर्दै ती व्यापारीले भने । ती व्यापारीका अनुसार चीनबाट खोप ल्याउने भए सस्तो पर्ने भएकाले बढी कसिमन आउने गरी वातावरण मिलाउन भनिएको छ । भारतको अवस्था पनि उस्तै हो । जुन कम्पनीको खोप ल्याउँदा बढी कमिसन आउँछ, त्यतैतर्फ लाग्न भानुभक्तले भनेका छन् । सो बारेमा बुझ्न पटक पटक  पर्यटन मन्त्री भानुभक्त ढकालको मोबाइल नम्बरमा फोन गर्दा समेत उनले फोन उठाएनन् । पर्यटन मन्त्रालयको उनको नम्बरमा फोन गर्दा एक सहयोगीले फोन उठाए र भने मन्त्रीज्यू बैठकमा हुनुहुन्छ, कुरा गर्न सक्नुहुन्न ।

प्रतिक्रिया दिनुहोस