काठमाडौं । टिपरको ठक्करबाट सुर्खेतको छिन्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भिर घाइते भएको छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमै आलेको मृत्यु भएको जानकारी दिनुभयो ।
घाइते शाहीको उपचार भइरहेको छ भने टिपरसहित चालकलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । त्यसैगरी भीरबाट लडेर दैलेखको भगवतीमाई गाउँपालिका–१ का वडा सदस्यको सोही वडाको जुगाखोला ठाडोपानी नजिकै २६ वर्षीय पुष्पा अधिकारीको भीरबाट लडेर मृत्यु भएको छ ।
माइती जान हिँडेकी सदस्यको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ पुस २०७७, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु