पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् ।
पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो ।
एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ ।
त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगल रहनुभएकी तारादेवी परियारको निधन भएको छ । आफ्नै घरमा ग्यास पड्केपछि घाइते हुनुभएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो । अङ्ग्रेजी वर्ष २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ पुस २०७७, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकैदिन चार युवतीले गरे आत्महत्या
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
इन्भेस्टमेन्ट मेगा बैंक हेटौँडाका शाखा प्रमुखद्वारा त्रिशूलीमा हाम फालेर आत्महत्या
भक्तपुरको गठ्ठाघरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या
केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या