आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, ०९ : १०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

मौसमविदका अनुसार शुक्रबार राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली नै रहने छ । हाल भारतको कर्णाटक देखि गुजरातमा बनेको न्युन चापिय रेखाको नेपालमा आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् ।

अहिले बिहान प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदलीको अवस्था रहेको छ र तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया दिनुहोस