बुटवल । नेकपा प्रचण्ड माधव पक्षले ठाउँठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिरहेका छन् ।
प्रचण्ड माधव पक्षको अनेरास्ववियुले आज साँझ बुटवलमा प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेका छन् । बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै विद्यार्र्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।
प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनुप पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए ।
यस्तै, लैनचौरस्थित अमृत क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीले प्रधानमन्त्री ओलीको तस्बिर र पुत्ला जलाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ पुस २०७७, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली