धमेलिएको राजनीतिलाई संङल्याउन चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास हो : प्रमुख सचेतक भट्टराइ

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १६ : २९
धमेलिएको राजनीतिलाई संङल्याउन चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास हो : प्रमुख सचेतक भट्टराइ

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताए ।

सरकारलाई काम गर्न नदिईएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिईको कारण राजनीतिलाई अस्थिरतातिर जान र धमेलिएको राजनीतिलाई सङग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको बताए । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रीत हुनुपर्ने बताए ।

उनले भने ‘धमेलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो । प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो । धारा ७६ र ८५ मा व्यवस्था छ । संसद विघटन गरेर जनतामा जाने कुनैपनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ । यो नै लोकतन्त्रको मुल्य र मान्यता हो । ताजा जनादेशका लागि चुनावमा जानु नै आजको राजनीतिको सहि निकास हुन्छ । अरु कुनै विकल्पले मुलुकलाई अस्थिरता र द्धन्दतिर नै लैजान्छ । आजको राजनीतिको सहि समाधन निर्वाचनले नै दिन सक्छ । त्यसैले सबै चुनाव तिर ने केन्द्रीत हौँ ।’

प्रमुख सतेचक भट्टराईले सरकारले काम गरेन भनि जनतामा निराशा फैलाउने दुष्प्रचार गरिएको समेत बताए । सरकारले थुप्रै काम गरेको र मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाएको उनको भनाई छ । संकट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडसेडिङ मुक्त गर्नु तथा संघीयतालाई मजबुद गर्नु लगायतका मुख्यकाम सरकारले गरेको बताए । प्रधानमन्त्रीलाई संघीयता विरोधी करार गर्न खोजिएपनि संघीयताको संस्थागत विकासको निम्ति कानूनि प्रवन्ध, संरचनागत व्यवस्था, बजेट विनियोजन, कर्मचारी व्यवस्थापन, सुरक्षा अंगहरुको व्यवस्थापन गरी प्रधानमन्त्रीले संघीयतालाई मजबुद बनाएको उनले बताए ।

सरकारले समाजिक सुरक्षा भत्ता, जनता आवास कार्यक्रम, सुकुम्बासी भूमिहीनलाई जमिनको मालिक बनाउने काम गरिएको, फुसको छानोलाई बिस्थापित गर्ने काम शुरु गर्नु, प्रत्येक पालिकाहरुमा अस्पताल निर्माणको शिलान्यास गर्नु र सडक मानव मुक्त बनाउने काम गर्नुले समाजवाद तर्फको यात्रालाई इंकित गरेको उनको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस