सुन्दर बजार अस्पतालमा छैन आइसियु

रासस

बुधबार, २२ पुस २०७७, १७ : ५८
सुन्दर बजार अस्पतालमा छैन आइसियु

काठमाडौँ । सुन्दरबजार नगरपालिकामा रहेको सुन्दरबजार अस्पतालमा सघन उपचार कक्ष नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन् । सरकारी अस्पताल भएर पनि सो अस्पतालमा हालसम्म सघन उपचार कक्ष हुन नसक्दा आइसियुमा बस्नुपर्ने बिरामी मर्कामा पर्दै आएका छन् । 

उक्त सुविधा अस्पतालमा नहुँदा आइसियुमा राख्नपर्ने बिरामीलाई अस्पतालबाट काठमाडाँै, चितवन, पोखरालगायतका विभिन्न स्थानमा पठाउँदै आएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका विभिन्न आवश्यक मेशिनसमेत पुराना काम नलाग्ने हुँदै जाँदा बिरामीको उपचारमा समस्या हुन थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भट्टराईले बताउनुभयो । 

सघन उपचार कक्ष नभएकै कारण जिल्ला बाहिरका अस्पतालमा बिरामी जानुपर्दा समय, आर्थिक सबै हिसाबले बिरामी मर्कामा परिरहेका उहाँको भनाइ छ ।

पन्ध्र श्ययाको उक्त अस्पताल  विगतमा सङ्घीय सरकारको मातहतमा रहे पनि संघीयतापछि केही नगरपालिकाले सञ्चालन गर्दै आएको छ । वितगमा सञ्चालन भएको पुरानो स्वास्थ्यचौकी भवनमा अस्पताल रहेकाले अस्पतालका लागि भौतिक पूर्वाधार नभएका कारण सघन उपचार कक्षा राख्न असम्भव भइरहेको नगर प्रमुख जनकराज मिश्रले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस