काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान माथि ‘कु’ हुँदा पनि तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लुकेर बसेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको रिटहरुमाथि बुधबार देखिसर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा सामाजिक संजालमा ट्वीट गर्दै थापाले नेम्वाङ लुकेर बसेको अवस्थामा अदालतले संविधानको वास्तविक व्याख्या गर्ने आशा रहेको बताएका छन् । उनले भनेका छन्–‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु।
जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।’ संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ पुस २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा