काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान माथि ‘कु’ हुँदा पनि तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लुकेर बसेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको रिटहरुमाथि बुधबार देखिसर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सन्दर्भमा सामाजिक संजालमा ट्वीट गर्दै थापाले नेम्वाङ लुकेर बसेको अवस्थामा अदालतले संविधानको वास्तविक व्याख्या गर्ने आशा रहेको बताएका छन् । उनले भनेका छन्–‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु।
जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ’, थापाले अगाडि लेखेका छन्, ‘अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ‘कू’ हुँदै गर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देख्दा दया लागेको छ।’ संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ पुस २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार लोकप्रियतामा केन्द्रित बन्यो : गगन थापा
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा