काठमाडौं । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नंको एम्बुलेन्सले रा४प १५६६ नंको स्कुटरलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको हो ।
दिउँसो २ः३० बजेतिर भएको दुर्घटनाबाट गम्भीर घाइते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ पुस २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु