साउथह्याम्पटनसँग शिर्ष स्थानमा रहेको लिभरपुल पराजित

एजेन्सी

मंगलबार, २१ पुस २०७७, ०९ : १९
साउथह्याम्पटनसँग शिर्ष स्थानमा रहेको लिभरपुल पराजित

file photo

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा लिभरपुल पराजित भएके छ ।  अवे मैदानमा सोमबार राति भएको खेलमा  लिभरपुल साउथह्याम्पटनसँग १–० ले पराजित भएको हो ।

घरेलु टोली साउथह्याम्पटनका लागि दोस्रो मिनेटमा नै ड्यानी इनग्सले गरेको गोल निर्णायक बन्यो । पराजित भए पनि लिभरपुल शीर्ष स्थानमै छ, उसको १७ खेलबाट ३३ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक छ । जित निकालेको साउथह्याम्पटन १७ खेलबाट २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस