पश्चिमी वायुको प्रभाव : देशभरको मौसम खराब, वर्षा र हिमपातको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, ०८ : ३९
पश्चिमी वायुको प्रभाव : देशभरको मौसम खराब, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभरको मौसम पश्चिमी वायुको प्रभावका कारण प्रभावित भएको छ । अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रहने जल तथा पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू–भागहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएका छन् ।

मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बागमती र प्रदेश १ को भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भइ हल्का वर्षा र हिमपातका कारण देशैभरि चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस