नेपाल–भारत उडानमा दुईपटक पीसीआर

पत्रपत्रिकाबाट

मंगलबार, २१ पुस २०७७, ०७ : ५५
नेपाल–भारत उडानमा दुईपटक पीसीआर

काठमाडौं । नेपाल–भारत उडानमा दुईपटक पीसीआर हुनुपर्ने सर्तसहित पुसदेखि खुला गरिएको नेपाल–भारत उडानमा एकैदिनमा फर्किने यात्रुले डिपार्चर प्वाइन्ट (अर्कोतर्फको फर्किने बिन्दु) बाट पनि पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ । 

नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ । विश्व स्वास्थ्य संगठनले नै यो विषयमा दुबैतर्फको पीसीआर आवश्यक पर्ने प्रोटोकल बनाएकाले त्यसैअनुसार एकैदिनमा फर्किने यात्रुको नयाँ पीसीआर रिपोर्ट चाहिने भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस