काठमाडौं । जयपृथ्वी राजमार्गमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बझाङको वित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जीतबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।
दुर्घटनामा ट्र्याक्टर चालक बझाङकै वित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्र्याक्टरमा सवार वित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका छन् । चालक नरेन्द्र महराको दुबै खुट्टा भाँचिएको छ भने बोहराको खुट्टामा चोट लागेको छ । घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
धनगढीबाट बझाङतर्फ गइरहेको अनटेस्ट ट्रयाक्टर दिउँसो जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाजपानीमा दुर्घटनामा परेको हो । ट्र्याक्टर सडकबाट १७८ मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० पुस २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु