एजेन्सी । भारतको घटना उत्तर प्रदेशमा दाहसंस्कार स्थलको छाना खस्दा १७ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार भएको दुर्घटनामा १७ जनाको मृत्युसँगै ३८ जना घाइते भएका छन् ।
घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ। मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
उनले भनेका छन्–‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं। अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं ।’ यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘दुखद् घटना भएको छ। मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ।’
केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार पीडितहरू आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कार स्थलको कौसी भत्किएपछि छानो खसेको थियो। मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २० पुस २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा