काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् ।
आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताएका हुन् ।
कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरे । प्रतिनिधि सभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकोले चुनाव तोकिएकै समयमा हुने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुर्नस्थापना गर्न नमिल्ने भन्दै विघटित संसद नबौरिने बताए । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उनको भनाई छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेकोमा तथा संविधान संशोधन भएकोमा बाहानामा गुटबन्दी गरेकोले संगठन गतिशिल नभएको उनको भनाई छ ।
पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउनमात्रै समय बरबाद गरेकाले संसद भंग गर्नुपरेको उनले बताए । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा संसद विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताए ।
प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिन्ह सूर्य आफुहरुले नै पाउने बताए । उनले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डातको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ पुस २०७७, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत