काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
राजस्व छलीमा संलग्न सर्लाही जिल्ला स्थायी घर भई पद्म कोलनी सीतापाइला काठमाडौं बस्ने रामकिशोर प्रसादसहित २८ जनाबाट सो परिणामको राजस्व छली भएको विभागले जनाएको छ ।
नक्कली भ्याट बिल कारोबारी प्रसादले मोहन ट्रेड इन्टरनेसनललगायत विभिन्न २६ वटा फर्म सञ्चालन गरी यस्तो अवैध धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।
विभागका अनुसार कुल २६ फर्महरूले कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी कारोबार भएको देखाएका थिए । फर्मको बंैक खाता सञ्चालन भने प्रसाद आफैंले नै गरेर विभिन्न फर्मको नाममा झुटा तथा नक्कली भ्याट बिल तथा बिजक जारी गरेको पाइएको विभागको दाबी छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ पुस २०७७, ०८ : १२
लेखकबाट थप