गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण

रासस

शुक्रबार, १७ पुस २०७७, १९ : ५२
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै  प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका छ, म्याग्दीका पाँच, स्याङ्जाका तीन, पर्वत र तनहुँका एक÷एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा १०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ४८७ जना रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १९२ पुगेको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या ९५२ रहेको निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस