कोरोनाले थलियो शैक्षिक गतिविधि

पत्रपत्रिकाबाट

शुक्रबार, १७ पुस २०७७, ०७ : ४७
कोरोनाले थलियो शैक्षिक गतिविधि

काठमाडौं । सन् २०२० सुरुवाती समयदेखिनै कोरोना भाइरसको महामारीको त्रासमै बित्यो । अझै पनि यो त्रास कहिले सकिने भन्ने अन्योल छ । यो भाइरसको अर्को नाम कोभिड–१९ पनि हो ।

कोरोना भाइरसको महामारीले शिक्षालगायत मानव जीवनको हरेक पक्षलाई उल्लेखनीय रूपमा बाधा पुर्‍यायो । भाइरसका कारण शैक्षिक प्रणाली ठप्प रह्यो । जसका कारण शैक्षिक संस्थानहरू  आजसम्म पनि पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् ।

आजको नागरिक दैनिक लेख्छ(युनेस्कोको एक रिपोर्ट अनुसार १७१ देशका १.६ अर्ब बालबालिकालाई शैक्षिक संस्थानहरू अस्थायी रूपमा बन्द भएपछि गम्भीर असर परेको छ । नेपालको सन्दर्भमा विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनरत ९० लाख विद्यार्थीहरू कोभिड–१९ को त्रासका कारण घरमै बस्नुपर्ने बाध्यता बन्यो ।

प्रतिक्रिया दिनुहोस