काठमाडौँ । सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोले जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो ।
बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले आज घरको पछाडी रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ भने स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।
घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदलदूरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ पुस २०७७, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु