काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ पुस २०७७, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु