काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ पुस २०७७, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु