काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि)बाट शुरु हुने भएपछि आज (बिहीबार) पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउनेछन् ।
सरकारले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकोले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ पुस २०७७, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
१९ जना सांसद राष्ट्रिय सभाबाट बिदा हुँदै
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान