काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि)बाट शुरु हुने भएपछि आज (बिहीबार) पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
अधिवेशनको पहिले बैठकको अघिल्लो दिन सबै सदस्यहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पीसीआरको रिपोर्ट शुक्रबार बिहान सम्म आउने र नेगेटिभ भएका सांसदहरु मात्रै अधिवेशनमा सहभागि हुन पाउनेछन् ।
सरकारले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेकोले यसपटकको हिउँदे अधिवेसनमा राष्ट्रिय सभाको बैठक मात्रै सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ पुस २०७७, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातको भाडा समायोजन गर्न राष्ट्रिय सभाका सदस्यहरूको आग्रह
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
राष्ट्रिय सभा: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभामा आजपनि बजेटमाथि छलफल, अर्थमन्त्री वाग्लेले जवाफ दिने
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची